
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ किमडाँडास्थित सन्धिखर्क-किमडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ ।
असोज ८ गते बिहान ९:१५ बजे लु ५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा परी ट्याक्टर चालक, सन्धिखर्क नगरपालिका-८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटना, सूचना प्राप्त हुनासाथ घटनास्थलमा SOCO सहितको प्रहरी टोली खटिई थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाग्रस्त ट्याक्टर हाल घटनास्थलमै रहेको छ।


