
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, करवगाडबाट लागूऔषध चरेस जस्तो देखिएको पदार्थसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पदम रावलद्वारा अनुसार असोज १५ गते अन्दाजी ४ बजे इलाका प्रहरी कार्यालय करवगाड डोल्पाबाट नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। करवगाडस्थित शङ्कास्पद अवस्थामा हिँडिरहेका जिल्ला रुकुम पश्चिम आठबीसकोट नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी ३५ वर्षका रबिलाल बि.क.लाई कानुन बमोजिम तलासी लिँदा उनको साथबाट ० (शून्य) ग्राम ८२ मिलिग्राम परिमाणको लागुऔषध चरेस जस्तो देखिएको पदार्थ फेला परेको थियो। पदार्थ फेला परेएपछि निजलाई पक्राउ गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।


