
काठमाडौं। मोडल तथा अभिनेत्री रुषा न्यौपाने नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छन्। नव लक्स र रुषाबीच यससम्बन्धी सम्झौता समेत भइसकेको जनाइएको छ।
नेपालमै उत्पादन हुँदै आएको नव लक्समा फेसवास, मोइस्चराइजर, टोनर, एसपीएफ ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम गरी ६ प्रकारका उत्पादन रहेका छन्।
रुषा हाल छायांकन भइरहेको चलचित्र ‘म मदनकृष्ण’मा अभिनय गरिरहेकी छन्। उनले यसअघि ‘जन्ते बाख्रो’ लगायतका चलचित्र तथा दर्जनौँ म्युजिक भिडियोमा समेत काम गरिसकेकी छन्। ब्राण्डसँग जोडिन पाउँदा खुसी लागेको रुषाले बताएकी छन्।



