
काठमाडौं । चर्चित नायक पल शाह र गायक तथा मोडल रेशम नेप्किङको आकर्षक अभिनय रहेको बहुप्रतीक्षित म्युजिक भिडियो ‘पान मिठो कलकत्ताको’ यही शुक्रबार सार्वजनिक हुने भएको छ।
भिडियोमा नायक पल शाह र गायक तथा मोडल रेशम नेप्किङसँगै नायिका प्रमिता राजघताने र करुणा तामाङको समेत अभिनय रहेको छ। पल शाह र रेशम नेप्किङको अभिनय तथा प्रस्तुतिलाई लिएर भिडियो सार्वजनिक हुनुअघि नै दर्शकहरूमाझ उत्सुकता बढेको छ।
‘पान मिठो कलकत्ताको’ मा गायक रेशम नेप्किङ र गायिका शान्तारानी परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत सङ्गम पौडेलको रहेको छ भने भिडियोको निर्देशन तथा कोरियोग्राफी विक्रम चौहानले गरेका छन्।
भिडियोको सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्मा, ध्वनि संयोजन एचबीएन किस्मत र पोशाक डिजाइन भ्यालेन्टियोको रहेको छ।
नायक पल शाह र गायक तथा मोडल रेशम नेप्किङको अभिनय, आकर्षक प्रस्तुति तथा सुमधुर गीत–संगीतले सजिएको ‘पान मिठो कलकत्ताको’ यही शुक्रबार दर्शक तथा श्रोतामाझ सार्वजनिक हुँदैछ।
सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई भिडियो हेरेर माया, साथ र प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गरिएको छ।



