
सुर्खेत। देश बाढी तथा प्राकृतिक विपद्का कारण पीडामा रहेका बेला पीडित नागरिकको दुःखमा मलम लगाउने उद्देश्यले सुर्खेतकाे सिद्धपाइला यातायात प्रा.लि. ले राहत तथा देश पुनःनिर्माणका लागि रु. ५६ हजार १५६ सहयोग गरेको छ।
बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउनुका साथै देश पुनःनिर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाका तर्फबाट उक्त रकम सहयोग गरिएको हो।
सिद्धपाइला यातायात प्रा.लि.का अध्यक्ष श्री दिपेन सिंह ठकुरीका अनुसार संस्थागत सहयोगसँगै प्रा.लि.का पदाधिकारीहरूले व्यक्तिगत तर्फबाट समेत छुट्टाछुट्टै सहयोग गरिसकेका छन्।
विपद्को कठिन परिस्थितिमा पीडित नागरिकको साथमा उभिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले गरिएको यस सहयोगले राहत तथा पुनःनिर्माण अभियानमा थप योगदान पुग्ने विश्वास गरिएको छ।



