
सुर्खेत, भदौ २४ । वीरेन्द्रनगर–१२ स्थित चेतना विद्या निकेतनले बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ।
विद्यालय परिवारले प्याब्सन (PABSON) राहत कोषमार्फत बुधबार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। विद्यालयका प्रिन्सिपल हुमलाल भट्टाराईका अनुसार विपद्मा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयको तर्फबाट सहयोग गरिएको हो।
विद्यालयले विपद्का बेला पीडितको सहयोगमा हातेमालो गर्नु सामाजिक दायित्व भएको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।



