• साउन २७, २०८१
  • No Comment
  • 64

साेलुखुम्बुमा करेन्ट लागेर एक कर्मचारिकाे मृत्यु,तीनजना घाईते

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । भने तीनजना घाइते भएका छन ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुने सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले बताए ।

 

सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका-६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छ । घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित खबर

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका स्वास्थ्य निरीक्षकको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा बाजुराका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ६ लेन सडकमा दुई…
आजको मौसम :  यी भुभागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम :  यी भुभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार(आज) साँझ देखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ ।…
युवादेखि बुढ्यौलीसम्म स्वस्थ र जवान रहन यस्ता नियम पालना गर्नुहोस

युवादेखि बुढ्यौलीसम्म स्वस्थ र जवान रहन यस्ता नियम पालना…

आफ्नो जीवन भर फिट र स्वस्थ रहन सबैको चाहना हुन्छ । साथै, सबैको चाहना हुन्छ कि बुढेसकालमा पनि फिट हु तर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *