• असार ७, २०८३
  • No Comment
  • 4

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बिभिन्न समुहका किसानहरुलाई ७० वटा मिनिट्रेलर वितरण

सुर्खेत। चौकुने गाउँपालिकाले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उदेश्यले किसानहरुलाई कृषि औजार वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी कृषि उत्पादनमा उत्पादकत्व वृद्धि गर्ने उदेश्यका साथ चौकुने गाउँपालिकाले किसानहरुलाई कृषि औजार वितरण गरेको हो । कृषि प्रणालीलाई आधुनिकीकरण गरेर कृषकहरुलाई काम सहज बनाउने उदेश्यका साथ पालिकाले ५० प्रतिशत अनुदानमा वडा न १ देखि १० वडाका बिभिन्न समुहका किसानहरुलाई ७० वटा मिनिट्रेलर मेसिन वितरण गरेको छ । चौकुने गाउँपालिका कृषि शाखा प्रमुख लोकमणी जोशीका अनुसार कृषिमा यान्त्रिकरण, व्यवसायिकरण र बजारीकरणमा सहयोग गर्ने उदेश्यका साथ किसानहरुलाई उक्त मेसिनहरु वितरण गरिएको बताउनुभएको छ ।

चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस बासपाने र उपाध्यक्ष नर बहादुर बान्तोला ,प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बि क ,वडा अध्यक्ष कमल जि सी ,कबिराज खनाल ,टोप बहादुर बि सी ,मायाराम जैशी , लगायत जन प्रतिनिधि सहित स्थानीयबासीहरुको उपस्थितिमा किसानहरुलाई आधुनिक कृषि औजार वितरण गरिएको थियो । चौकुने गाउँपालिकाले किसानहरुको समस्यालाई बुझेर सुविधायुक्त कृृषि औजार वितरण गरेपछि कृषकहरु खुशी भएका छन् ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा…

सुर्खेत। चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय…
सुर्खेतकाे पञ्चपुरी नगरपालिका–८ काे दहतालमा डुबेर १८ वर्षीय युवकको मृत्यु

सुर्खेतकाे पञ्चपुरी नगरपालिका–८ काे दहतालमा डुबेर १८ वर्षीय युवकको…

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका घर…
सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

 सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ। शनिबार साँझ करिब ६:३० बजे स्थानीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *