• असार ७, २०८३
  • No Comment
  • 5

चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकामा सुर्तीजन्य पदार्थ तथा मदिराको रोकथाम, नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेले सुर्तीजन्य पदार्थ र मदिराको अनियन्त्रित प्रयोगले समाजमा विभिन्न स्वास्थ्य तथा सामाजिक समस्या निम्त्याइरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायको साझा पहल आवश्यक रहेको बताउनुभयो। उहाँले स्वस्थ समाज निर्माणका लागि जनचेतना अभिवृद्धिसँगै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

विशेष अतिथि नरबहादुर बान्तोलाले युवापुस्तालाई लागूपदार्थ तथा मदिराको दुव्र्यसनबाट जोगाउन विद्यालय, परिवार र समुदायको महत्वपूर्ण भूमिका रहने बताउँदै सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत टिकाराम जैसीले सुर्तीजन्य पदार्थ र मदिराको सेवनले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै यसको नियन्त्रणका लागि सरकारी नीति तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। यस्तै बसन्तमान श्रेष्ठले स्वस्थ जीवनशैली अपनाउन र समुदायस्तरमा जनचेतना फैलाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो। जनस्वास्थ्य सेवा कार्यालयका उदयबहादुर बि सीले सुर्तीजन्य पदार्थ तथा मदिराको प्रयोग न्यूनीकरणका लागि स्थानीय सरकारसँग समन्वय गरी सचेतनामूलक तथा नियन्त्रणात्मक कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन चौकुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेयले गर्नुभएको थियो।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बिभिन्न समुहका किसानहरुलाई ७० वटा मिनिट्रेलर वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा बिभिन्न समुहका किसानहरुलाई ७०…

सुर्खेत। चौकुने गाउँपालिकाले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उदेश्यले किसानहरुलाई कृषि औजार वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी कृषि…
सुर्खेतकाे पञ्चपुरी नगरपालिका–८ काे दहतालमा डुबेर १८ वर्षीय युवकको मृत्यु

सुर्खेतकाे पञ्चपुरी नगरपालिका–८ काे दहतालमा डुबेर १८ वर्षीय युवकको…

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित दहतालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका घर…
सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

सुर्खेतमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु

 सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ। शनिबार साँझ करिब ६:३० बजे स्थानीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *