- असार ७, २०८३
- No Comment
- 10
बराहताल गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने

सुर्खेत। बराहताल गाउँपालिकाको आयोजनामा “दोस्रो अध्यक्ष कप खेलकुद–२०८३” अन्तर्गत पालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार प्रतियोगिता असार ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगितामा बराहताल गाउँपालिकाका सबै वडाबाट सहभागिताका लागि अनुरोध गरिएको छ।
विजेता टोलीलाई प्रथम पुरस्कार ६६ हजार ६६६ रुपैयाँ र उपविजेतालाई ४० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ असार ५ गतेदेखि असार १० गते दिउँसो २ बजेसम्म टिम दर्ता गर्न सकिनेछ। सहभागी टोलीले खानबस्ने व्यवस्था आफैं गर्नुपर्नेछ भने टिम दर्ताका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ।बराहताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर जिसीद्वारा जारी सूचनामा प्रतियोगितालाई सफल बनाउन सबै वडालाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।



