- जेष्ठ ३१, २०८३
- No Comment
- 13
जाजरकोटमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

जाजरकोट: जाजरकोटमा बेवारिसे अवस्थामा घरेलु हतियार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार, कुशे गाउँपालिका वडा नं. ८ स्थित सार्वजनिक वन जङ्गलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पैंकबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट बन्दुक बरामद गरेको हो। बरामद गरिएको भरुवा बन्दुक आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।



