• जेष्ठ २७, २०८३
  • No Comment
  • 24

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गरिएको उक्त अनुगमनमा विभिन्न पसल तथा खाद्य व्यवसायहरूमा बिक्री भइरहेका वस्तुहरूको गुणस्तर, मिति, तथा मूल्यसूचीको अवस्थाबारे जाँच गरिएको थियो।

अनुगमन टोलीमा चौकुने गाउँपालिका उद्योग बाणिज्य शाखा प्रमुख बर्षा मगर , राजश्व शाखा प्रमुख कृष्ण गिरी , राजन बि सि , वडा नं. ५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर तथा प्रहरी चौकी बिजौराका प्रहरी सहायक निरीक्षक जयलाल बुढाको सहभागिता रहेको थियो। अनुगमनका क्रममा विभिन्न पसलहरूमा अखाद्य वस्तु, मिति नाघेका पेय पदार्थ, जंकफुड तथा अन्य उपभोग्य सामग्रीहरू फेला परेका थिए।

उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता सामग्रीहरूलाई तत्काल नियन्त्रणमा लिइएको थियो। त्यसैगरी, करिब ५ हजार रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य वस्तुहरू वडा नं. ५ का वडा अध्यक्ष तुलाराम हिस्की मगर र प्रहरी चौकी बिजौराको रोहवरमा सार्वजनिक रूपमा नष्ट गरिएको हो । अनुगमन टोलीले व्यापारीहरूलाई म्याद नाघेका सामान बिक्री नगर्न, सरसफाइमा ध्यान दिन, मूल्यसूची अनिवार्य राख्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराएको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *