• जेष्ठ २६, २०८३
  • No Comment
  • 62

खानेपानी ट्याङ्कीमा २७ वटा सर्पका बच्चा भेटिए, सकुशल उद्धार

काठमाडौं, भारतको उत्तराखण्डस्थित हरिद्वारको जगजीतपुर क्षेत्रमा रहेको एक घरको खानेपानी ट्याङ्कीमा २७ वटा सर्पका बच्चा फेला परेका छन्।

सोमबार ट्याङ्की सफा गर्ने क्रममा घरधनीले सर्पका बच्चा देखेपछि वन विभाग र सर्प उद्धार टोलीलाई खबर गरेका थिए। त्यसपछि पुगेको टोलीले करिब एक घण्टाको प्रयासपछि सबै सर्पलाई सकुशल उद्धार गरेको जनाएको छ।

उद्धार गरिएका सर्पहरू ‘चेकर्ड कीलब्याक’ अर्थात् पानी सर्प प्रजातिका रहेको र ती विषालु नभएको विशेषज्ञहरूले बताएका छन्। गर्मी मौसममा सुरक्षित तथा ओसिलो स्थान खोज्दै माउ सर्पले ट्याङ्कीमा फुल पारेको हुनसक्ने अनुमान गरिएको छ।

उद्धारपछि सबै सर्पका बच्चालाई बस्तीभन्दा टाढाको प्राकृतिक वन क्षेत्रमा सुरक्षित रूपमा छाडिएको जनाइएको छ। घटना पछि स्थानीयमा केही समय त्रास फैलिएको थियो।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *