- जेष्ठ २५, २०८३
- No Comment
- 18
चौकुने गाउँपालिका वडा न ४ बिजौराको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा न ४ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ४ बिजौराको सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
चौकुने गाउँपालिका वडा न ४ बिजौरामा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । चौकुने गाउँपालिका वडा नं.४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विभिन्न विकास निर्माण, सेवा प्रवाह, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार सम्बन्धी जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका छन्।
कार्यक्रममा बक्ताको रूपमा सहभागी वडा अध्यक्ष टोप बहादुर बुढाक्षेत्रीले नागरिकहरूबाट उठाइएका प्रश्नहरूको प्रतिउत्तर दिँदै वडा कार्यालयले सम्पादन गरेका कार्यहरू, आगामी योजनाहरू तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा जानकारी गराउनुभयो। उहाँले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले सुशासन, पारदर्शिता तथा जवाफदेहितालाई मजबुत बनाउने बताउनुभयो। वडा अध्यक्ष टोप बहादुर वुढा क्षेत्रीले प्राप्त सुझाव र गुनासाहरूलाई सकारात्मक रूपमा लिँदै नागरिकका समस्याको समाधानका लागि वडा कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा निमित्त वडा सचिव सत्यनारायण शाह , बिजौरा स्वास्थ्य चौकी प्रमुख डिल्लीराम घिमिरे , चौकुने गाउँपालिका कृषि प्राबिधिक हेमन्त भण्डारी ,प्रहरी चौकी बिजौराका प्रमुख जयलाल बुढा ,महिला वडा सदस्य सिता नेपाली ,राधिका बि क, र विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। टोप बहादुर बुढा क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।



