• जेष्ठ २५, २०८३
  • No Comment
  • 4

वीरगन्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार अर्कैकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई नागरिकता प्राप्त गराउन भूमिका खेलेको आरोपमा मेयर सिंहसहित अन्य प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको हो।

मुद्दामा नागरिकता लिने रिता भट्टराई, वीरगन्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, गृह मन्त्रालयको छानबिन समितिका तत्कालीन संयोजक पुस्कर राना र सदस्य पर्शुराम पोखरेल लगायतलाई प्रतिवादी बनाइएको छ।

अख्तियारका अनुसार रिता भट्टराईलाई मेयर सिंहकी छोरीका रूपमा देखाई नागरिकता उपलब्ध गराउन झुटा विवरण तथा कागजात प्रयोग गरिएको थियो। सोही प्रकरणमा संलग्न रहेको आरोपमा सम्बन्धित कर्मचारी तथा पदाधिकारीमाथि पनि भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो।

आयोगले मेयर सिंहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाअन्तर्गत मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारको भूमिका निर्वाह गरेको आरोप लगाउँदै मुख्य कसुरदारसरह सजायको मागदाबी गरेको जनाएको छ।

यसअघि उक्त प्रकरणमा पक्राउ परेका मेयर सिंहलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अब विशेष अदालतमा दायर मुद्दामाथि कानुनी प्रक्रिया अगाडि बढ्नेछ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न ५ मायाताल को सार्वजनिक सुनुवाई…

सुर्खेत।  चौकुने गाउँपालिका वडा न ५ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ५ मायातालको सु–शासन, पारदर्शिता र…
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन

हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन

काठमाडौँ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुरा जिल्लाबीच देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन दिएको छ।…
चौकुने गाउँपालिका वडा न ४ बिजौराको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न ४ बिजौराको सार्वजनिक सुनुवाई कार्यक्रम…

सुर्खेत। चौकुने गाउँपालिका वडा न ४ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ४ बिजौराको सु–शासन, पारदर्शिता र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *