• जेष्ठ २२, २०८३
  • No Comment
  • 7

विद्यार्थी तथा युवामैत्री नीति बनाउन कर्णाली सरकारलाई नेविसंघको आग्रह

सुर्खेत, जेठ २२ । नेपाल विद्यार्थी संघ (नेविसंघ) कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवामैत्री नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।

संघले शिक्षा, रोजगारी, सूचना प्रविधि, विपद् व्यवस्थापन तथा विद्यार्थी सुरक्षासम्बन्धी विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्रमा सार्वजनिक शिक्षामा लगानी वृद्धि गर्दै प्रदेशको कुल बजेटको न्यूनतम २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न माग गरिएको छ। नेविसंघ कर्णालीका अध्यक्ष रोशन बस्नेत ले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीका लागि सरकारी तथा सार्वजनिक निकायमा पारिश्रमिकसहितको प्रशिक्षार्थी (इन्टर्नसिप) कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

त्यस्तै, सूचना प्रविधि, नवप्रवर्तन, स्टार्टअप, कृत्रिम बुद्धिमत्ता तथा रोबोटिक्स क्लबजस्ता क्षेत्रमा पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने, विद्यालयस्तरको दिवा खाजा कार्यक्रमको विस्तार तथा गुणस्तर सुधार गर्नुपर्ने र विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा संघले जोड दिएको छ।

नेविसंघले विद्यार्थी तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समेटेर प्रभावकारी कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारसँग आग्रह गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न १० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न १० को सार्वजनिक सुनुवाई कार्यक्रम…

सुर्खेत। चौकुने गाउँपालिका वडा न १० ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न १० को सु–शासन, पारदर्शिता र…
चौकुने गाउँपालिका वडा न ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न ९ को सार्वजनिक सुनुवाई कार्यक्रम…

सुर्खेत।  चौकुने गाउँपालिका वडा न ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ९ को सु–शासन, पारदर्शिता र…
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

रुकुम पश्चिम, जेठ २२ । रुकुम पश्चिममा जुवातास खेलिरहेको अवस्थामा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। शुक्रबार बिहान करिब २…

Leave a Reply

Your email address will not be published. Required fields are marked *