- जेष्ठ २२, २०८३
- No Comment
- 10
चौकुने गाउँपालिका वडा न ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा न ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ९ को सु–शासन, पारदर्शिता र जवाफदेहिताका लागि पिपल्स् एक्सेस नेपाल प्रा लि बिरेन्द्रनगर सुर्खेतको समन्वय र चौकुने गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०८२/०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
चौकुने गाउँपालिका वडा न ९ को सभाहलमा जनप्रतिनिधि, वडावासी, स्थानीय राजनीति दलका जन- प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,शिक्षक, सम्बन्धित निकाय र सेवा प्रदायक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
चौकुने गाउँपालिका वडा न ९ को आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहित ,विकासका कामको ढिला सुस्ती, अनियमितता, कमीकमजोरी, विकास निर्माणका काम,गुणस्तरीय शिक्षा, खानेपानीको आपुर्ति लगायत हरेक जनताको गुनासोप्रति प्रतिबद्ध रहेर अगाडी बढ्ने वडा न ९ का वडा अध्यक्ष कविराज खनालले बताउनुभयो ।
एक्सेस् नेपाल प्रा लि बिेन्द्रनगर सुर्खेतका चिन्तामणी कडेलले सार्वजनिक सुनवाइ कार्यक्रममा जनताले आफ्नो भनाई राख्ने ठाँउ भएकोले निर्धक्क भएर गुनासो तथा राम्रो कामको बारेमा प्रसंशा गर्नु आवश्यक रहेकोे बताउनु भयो।
कार्यक्रम चौकुने गाउँपालिका वडा न ९ का वडा अध्यक्ष कबिराज खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सचिव शिव कुमार के सी ,चौकुने कृषि शाखाका बिष्णुराज अवस्थी, राग स्वास्थ्य ईकाइका कार्यलय प्रमुख देवेन्द्र बिष्ट कार्यपालिका सदस्य उजिंर सिहं ढोली लगायतको उपस्थित रहेको उक्त कार्यक्रम पिपल्स एक्सेस् प्रा लि नेपाल बिरेन्द्रनगर सुर्खेतका चिन्तामणि कडेलले संचालन गर्नु भएको थियो ।



