• जेष्ठ २२, २०८३
  • No Comment
  • 5

कस्तो छ त आजको मौसम? पहाडमा चट्याङ्गसहित वर्षा हुँदा तराईमा ‘लु’ को चेतावनी!

काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय रेखाका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसैको प्रभावका कारण अहिले कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो पनि कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्ने देखिन्छ।

यसैगरी आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षासँगै तराईमा भने गर्मीको प्रकोप रहनेछ। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम तातो लहर (लु) चल्ने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो दिन हुने अनुमान गरिएको छ।

आज रातिको समयमा कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बादल रहनेछ। राति कोशी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

विद्यार्थी तथा युवामैत्री नीति बनाउन कर्णाली सरकारलाई नेविसंघको आग्रह

विद्यार्थी तथा युवामैत्री नीति बनाउन कर्णाली सरकारलाई नेविसंघको आग्रह

सुर्खेत, जेठ २२ । नेपाल विद्यार्थी संघ (नेविसंघ) कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवामैत्री नीति, कार्यक्रम तथा बजेट निर्माण गर्न कर्णाली…
चौकुने गाउँपालिका वडा न १० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न १० को सार्वजनिक सुनुवाई कार्यक्रम…

सुर्खेत। चौकुने गाउँपालिका वडा न १० ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न १० को सु–शासन, पारदर्शिता र…
चौकुने गाउँपालिका वडा न ९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका वडा न ९ को सार्वजनिक सुनुवाई कार्यक्रम…

सुर्खेत।  चौकुने गाउँपालिका वडा न ९ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा न ९ को सु–शासन, पारदर्शिता र…

Leave a Reply

Your email address will not be published. Required fields are marked *