• जेष्ठ १९, २०८३
  • No Comment
  • 14

सुर्खेतमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

सुर्खेत, जेठ १८ — सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर–३ गण्डकी लाइन क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश श्रावस्ती निवासी २३ वर्षीय त्रिपुरारी लाल र उत्तर प्रदेशको वहराईच नानपारा निवासी ५६ वर्षीय दिलिप कुमार सिंह रहेका छन्। उनीहरू हाल वीरेन्द्रनगर–३ मा कोठा भाडामा बस्दै आएका थिए।

प्रहरीले शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर तथा डेराकोठा खानतलासी गर्दा ७ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी कविन्द्र सिंह बोहराका अनुसार पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा आउने बिरामीले अब नि:शुल्क रगत पाउने

वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा आउने बिरामीले अब नि:शुल्क रगत पाउने

 सुर्खेत, जेठ १९ — कर्णाली प्रदेश अस्पतालसहित वीरेन्द्रनगरभित्रका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीहरूले अबदेखि नि:शुल्क रगत पाउने भएका छन्। वीरेन्द्रनगर…
आदर्श नागरिक समाजको परिकल्पना: मानव अधिकार र दिगो शान्तिका लागि शान्ति समाजको तीन दशक लामो यात्रा

आदर्श नागरिक समाजको परिकल्पना: मानव अधिकार र दिगो शान्तिका…

सुर्खेत, जेठ १९ — मानव अधिकार तथा शान्ति समाज (हुरपेस) ले आफ्नो स्थापनाको ३०औँ वर्ष प्रवेशको अवसरमा दण्डहीनताको अन्त्य, संक्रमणकालीन न्यायको…
लिच्ची धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ

लिच्ची धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ

काठमाडौं, जेठ १९ — गर्मीयामसँगै बजारमा लिच्ची प्रशस्त मात्रामा उपलब्ध हुन थालेको छ। स्वादिलो र रसिलो फलका रूपमा परिचित लिच्ची बालबालिकादेखि वृद्धवृद्धासम्मको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *