• जेष्ठ १९, २०८३
  • No Comment
  • 10

लिच्ची धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ

काठमाडौं, जेठ १९ — गर्मीयामसँगै बजारमा लिच्ची प्रशस्त मात्रामा उपलब्ध हुन थालेको छ। स्वादिलो र रसिलो फलका रूपमा परिचित लिच्ची बालबालिकादेखि वृद्धवृद्धासम्मको रोजाइमा पर्ने गर्दछ। तर, विज्ञहरूले यसको सेवन सीमित मात्रामा गर्न सुझाव दिएका छन्।

लिच्चीमा भिटामिन सी, भिटामिन बी–६, नियासिन, फोलेट, पोटासियमलगायत विभिन्न पोषक तत्व पाइन्छन्। साथै, यसमा करिब ८३ प्रतिशत पानी र १६.५ प्रतिशत कार्बोहाइड्रेट रहने भएकाले शरीरलाई ऊर्जा र आवश्यक पोषण प्रदान गर्न मद्दत गर्छ।

स्वास्थ्य विज्ञहरूका अनुसार लिच्ची बिहानको नास्ता वा दिउँसोको समयमा खानु उपयुक्त मानिन्छ। रातिको समयमा यसको सेवन नगर्न सुझाव दिइएको छ।

एक स्वस्थ व्यक्तिले दैनिक १० देखि १२ वटा लिच्ची सेवन गर्दा स्वास्थ्यमा फाइदा पुग्न सक्छ। तर, अत्यधिक मात्रामा लिच्ची खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने विज्ञहरूको भनाइ छ।

लिच्चीमा ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले मधुमेहका बिरामीले पनि सीमित मात्रामा सेवन गर्न सक्छन्। साथै, नियमित रूपमा उचित मात्रामा लिच्ची खाँदा कलेजोको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने र कलेजोसम्बन्धी रोगको जोखिम कम गर्न सहयोग पुग्ने बताइएको छ।

विज्ञहरूले कुनै पनि फलफूलको अत्यधिक सेवन नगरी सन्तुलित आहारको हिस्सा बनाउँदै खान सुझाव दिएका छन्।

सम्बन्धित खबर

वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा आउने बिरामीले अब नि:शुल्क रगत पाउने

वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा आउने बिरामीले अब नि:शुल्क रगत पाउने

 सुर्खेत, जेठ १९ — कर्णाली प्रदेश अस्पतालसहित वीरेन्द्रनगरभित्रका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीहरूले अबदेखि नि:शुल्क रगत पाउने भएका छन्। वीरेन्द्रनगर…
आदर्श नागरिक समाजको परिकल्पना: मानव अधिकार र दिगो शान्तिका लागि शान्ति समाजको तीन दशक लामो यात्रा

आदर्श नागरिक समाजको परिकल्पना: मानव अधिकार र दिगो शान्तिका…

सुर्खेत, जेठ १९ — मानव अधिकार तथा शान्ति समाज (हुरपेस) ले आफ्नो स्थापनाको ३०औँ वर्ष प्रवेशको अवसरमा दण्डहीनताको अन्त्य, संक्रमणकालीन न्यायको…
सुर्खेतमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

सुर्खेतमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

सुर्खेत, जेठ १८ — सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *