• जेष्ठ १९, २०८३
  • No Comment
  • 10

सुर्खेतमा स्रोत नखुलेको ३ करोड मूल्य बराबरको सुनचाँदीका गरगहना र नगदसहित अग्रवाल पक्राउ

वीरेन्द्रनगर, जेठ १८ — सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले स्रोत नखुलेको करिब ३ करोड रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गरगहना, लाखौँ रुपैयाँ नगद तथा भारतीय मुद्रासहित एक जना व्यवसायीलाई पक्राउ गरेको छ।

अवैध रूपमा भारतीय रुपैयाँ तथा गरगहना धितो राखेर ब्याजमा रकम लगानी गर्ने गरेको विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर–६ तल्लोबजारस्थित ‘शिव ईम्पोरियम’ नामक कपडा पसलमा छापा मारेको थियो।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० घर भई हाल वीरेन्द्रनगर–६ बस्दै आएका ६३ वर्षीय श्याम सुन्दर अग्रवाल (बालाजी) रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।

प्रहरीले साेमबार  दिउँसो करिब ४ बजे पसलमा आकस्मिक चेकजाँच तथा खानतलासी गर्दा विभिन्न बट्टा, पोका र डिब्बामा राखिएका १८५ थान सुन तथा चाँदीका गरगहना बरामद गरेको जनाएको छ। बरामद गरिएका गरगहनाको अनुमानित बजार मूल्य करिब ३ करोड रुपैयाँ रहेको छ।

त्यसैगरी प्रहरीले २ लाख १९ हजार ५ सय नेपाली रुपैयाँ, ८ लाख ११ हजार ८ सय भारतीय रुपैयाँ तथा एक थान नगद गन्ने मेसिन समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी कविन्द्र सिंह बोहराका अनुसार पक्राउ परेका अग्रवाल र बरामद सामग्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। बरामद गरगहना तथा नगदको कानुनी स्रोत खुल्न नसकेको र अवैध वित्तीय कारोबारमा संलग्न रहेको आशंकामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यस घटनासम्बन्धी थप विवरण प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

सम्बन्धित खबर

वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा आउने बिरामीले अब नि:शुल्क रगत पाउने

वीरेन्द्रनगरका स्वास्थ्य संस्थामा आउने बिरामीले अब नि:शुल्क रगत पाउने

 सुर्खेत, जेठ १९ — कर्णाली प्रदेश अस्पतालसहित वीरेन्द्रनगरभित्रका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीहरूले अबदेखि नि:शुल्क रगत पाउने भएका छन्। वीरेन्द्रनगर…
आदर्श नागरिक समाजको परिकल्पना: मानव अधिकार र दिगो शान्तिका लागि शान्ति समाजको तीन दशक लामो यात्रा

आदर्श नागरिक समाजको परिकल्पना: मानव अधिकार र दिगो शान्तिका…

सुर्खेत, जेठ १९ — मानव अधिकार तथा शान्ति समाज (हुरपेस) ले आफ्नो स्थापनाको ३०औँ वर्ष प्रवेशको अवसरमा दण्डहीनताको अन्त्य, संक्रमणकालीन न्यायको…
सुर्खेतमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

सुर्खेतमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

सुर्खेत, जेठ १८ — सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *