• जेष्ठ १५, २०८३
  • No Comment
  • 7

चौकुने गाउँपालिका वडा न. ९ र १० को घाटगाऊँ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु वडा अध्यक्ष र प्रहरीको रोहवरमा नष्ट

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा घाटगाउँको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गरिएको उक्त अनुगमनमा विभिन्न पसल तथा खाद्य व्यवसायहरूमा बिक्री भइरहेका वस्तुहरूको गुणस्तर, मिति, तथा मूल्यसूचीको अवस्थाबारे जाँच गरिएको थियो। अनुगमन टोलीमा चौकुने गाउँपालिका उद्योग बाणिज्य शाखा प्रमुख बर्षा घर्तीमगर ,राजश्व शाखा प्रमुख कृष्ण गिरी, स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेय, वडा नं. ९ का वडा अध्यक्ष कविराम खनाल , वडा न १० का वडा अध्यक्ष नन्दराम खनाल तथा प्रहरी चौकी घाटगाउँका प्रहरी सहायक निरीक्षक मान बहादुर शाहीको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा विभिन्न पसलहरूमा अखाद्य वस्तु, मिति नाघेका पेय पदार्थ, जंकफुड तथा अन्य उपभोग्य सामग्रीहरू फेला परेका थिए। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता सामग्रीहरूलाई तत्काल नियन्त्रणमा लिइएको थियो। त्यसैगरी, करिब ९ हजार रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य वस्तुहरू वडा नं. ९ का वडा अध्यक्ष कबिराम खनाल . र वडा न १० का वडा अध्यक्ष नन्दराम खनाल का साथै प्रहरी चौकी घाटगाउँका प्रहरी सहायक निरीक्षक मान बहादुर शाहीको रोहवरमा सार्वजनिक रूपमा नष्ट गरिएको हो ।

अनुगमन टोलीले व्यापारीहरूलाई म्याद नाघेका सामान बिक्री नगर्न, सरसफाइमा ध्यान दिन, मूल्यसूची अनिवार्य राख्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराएको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाले जनाएको छ।

सम्बन्धित खबर

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण सुरू हुँदै

सुर्खेत, जेठ १५ — बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार तथा मानव बेचबिखनजस्ता…
सुर्खेतमा टिप्परको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

सुर्खेतमा टिप्परको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

सुर्खेत, १३ जेठ । सुर्खेतको भेरीगंगा नगरपालिकामा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। भेरीगंगा नगरपालिका–२ कालपानीस्थित भित्री सडकखण्डमा गुडिरहेको…
आजदेखि लगातार चार दिन बिदा, अस्पताल खुल्ला रहने 

आजदेखि लगातार चार दिन बिदा, अस्पताल खुल्ला रहने 

काठमाडौं, जेठ १४ । आजदेखि लगातार चार दिन सरकारी कार्यालय बन्द रहने भएका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *