- जेष्ठ ११, २०८३
- No Comment
- 2
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

लाईका संवाददाता
July 8, 2024
0Shares
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको पक्राउ पुर्जीविरुद्ध देउवाले वारेसमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथिको सुनुवाइपछि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।
अदालतको आदेशसँगै रिटको अन्तिम टुंगो नलागेसम्म देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारलाई निर्देशन दिइएको छ। यस प्रकरणबारे थप सुनुवाइ आगामी मितिमा हुने अदालत स्रोतले जनाएको छ।



