• जेष्ठ ५, २०८३
  • No Comment
  • 8

श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ नियम: घुस, उपहार र सरकारी गाडीको निजी प्रयोगमा प्रतिबन्ध

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहतका सम्पूर्ण निकायमा कार्यरत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीहरूको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई थप व्यवस्थित तथा मर्यादित बनाउने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउन कर्मचारीहरूको कार्यशैली र व्यवहारलाई स्पष्ट मापदण्डभित्र ल्याउन नयाँ व्यवस्था लागू गरिएको हो।

नयाँ आचारसंहिताअनुसार अब मन्त्रालय मातहतका कर्मचारीहरूले सेवाग्राहीसँग अनिवार्य रूपमा शिष्ट, सम्मानजनक र जिम्मेवार व्यवहार गर्नुपर्नेछ। सेवा प्रवाहका क्रममा कुनै पनि प्रकारको घुस, उपहार, विशेष सुविधा वा अन्य अनुचित लाभ लिन नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी कर्मचारीहरूले आफ्नो पद र अधिकारको दुरुपयोग गर्न नपाइने, व्यक्तिगत स्वार्थका आधारमा प्रशासनिक निर्णय प्रभावित पार्न नहुने तथा सरकारी स्रोत–साधन र सरकारी गाडी निजी प्रयोजनमा प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ।

कार्यालयको आन्तरिक अनुशासनलाई प्रभावकारी बनाउन कर्मचारीहरूलाई कार्यालय समयको पूर्ण पालना गर्न, सरकारले तोकेको औपचारिक पोसाक प्रयोग गर्न तथा सहकर्मीहरूबीच सहयोगात्मक वातावरण कायम गर्न निर्देशन दिइएको छ।

आचारसंहितामा सरकारी निर्णय, महत्वपूर्ण कागजात तथा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील विवरणहरू अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने व्यवस्था पनि समावेश गरिएको छ।

मन्त्रालयले नयाँ आचारसंहिताले सार्वजनिक सेवाप्रति नागरिकको विश्वास बढाउने तथा कर्मचारी प्रशासनलाई थप जिम्मेवार र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित खबर

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?

कफी धेरै मानिसको दैनिक जीवनको हिस्सा बनेको छ। कसैलाई बिहान उठ्ने बित्तिकै तातो कफी चाहिन्छ भने कोही दिनभरि पटक–पटक कफी पिउने…
फेसबुकमा लामो स्टाटस लेखेका दार्चुलाको सम्पाल माविका प्रधानाध्यापक धामी विद्यालयमै मृत फेला

फेसबुकमा लामो स्टाटस लेखेका दार्चुलाको सम्पाल माविका प्रधानाध्यापक धामी…

धनगढी — दार्चुलाको ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी विद्यालयकै निवासमा मृत फेला परेका छन्। सोमबार बिहान…
मुटु रोग के हो, कसलाई, किन र कसरी लाग्न सक्छ ?

मुटु रोग के हो, कसलाई, किन र कसरी लाग्न…

आजभोलि तन्दुरुस्त देखिने व्यक्तिको समेत अचानक हृदयाघातका कारण मृत्यु हुने घटनाहरू बढ्दै गएका छन्। चिकित्सकहरूका अनुसार मुटु रोग विश्वभर मृत्युको प्रमुख…

Leave a Reply

Your email address will not be published. Required fields are marked *