• जेष्ठ ३, २०८३
  • No Comment
  • 13

कांग्रेस विभाजन रोक्न खड्कालाई कर्णालीका जिल्ला सभापतिहरुको सुझाव

सुर्खेत — नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विभाजनतर्फ नजान र एकता जोगाउन कर्णाली प्रदेशका जिल्ला सभापतिहरुले सुझाव दिएका छन्।

देउवा समूहको नेतृत्व गरिरहेका खड्काले शनिबारदेखि गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय भेला आयोजना गरेका छन्। कांग्रेस कर्णाली प्रदेश समितिमा देउवा समूहको बाहुल्यता रहेकाले प्रदेश समितिमार्फत गुटगत भेला आयोजना गरिएको बताइएको छ।

भेला उद्घाटनका क्रममा खड्काले कांग्रेस विभाजनको संघारमा पुगेको अभिव्यक्ति दिएपछि कर्णालीका नेताहरु चिन्तित बनेको जिल्ला सभापतिहरुले बताएका छन्।

सुर्खेतमा प्रदेश तथा जिल्ला तहका नेताहरुसँग छलफल गर्दै खड्काले पार्टीभित्र विवाद गहिरिँदै गएको र नेतृत्व विवाद समाधानप्रति गम्भीर नभएको बताएका थिए। नेतृत्वको अहमताले पार्टी एकता जोगाउन कठिन भएको धारणा उनले राखेको भेटमा सहभागी नेताहरुले जनाएका छन्।

जिल्ला सभापतिहरुले भने पार्टीको आन्तरिक विवाद समाधान गरी आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गरेका छन्। उनीहरुले दुवै पक्षलाई लचकता अपनाएर पार्टी एकता कायम राख्न सुझाव दिएका हुन्।

कार्यक्रममा जाजरकोटका सभापति बेदराज सिंहले आन्तरिक विवादकै कारण प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले क्षति व्यहोरेको स्मरण गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले नागरिक असन्तुष्टि समयमै सम्बोधन गर्न कांग्रेस चुकेको उल्लेख गर्दै पार्टीभित्रको विवादलाई साँघुरो बनाउँदै बृहत् एकतासहित अघि बढ्नुपर्नेमा जोड दिए।

खड्कासँग भेट गरेका अधिकांश नेताहरुले पार्टी विभाजनले कांग्रेसलाई कमजोर बनाउने भन्दै एकताको पक्षमा उभिन दबाब दिएका छन्। कार्यकर्ताहरुले कांग्रेसभित्र गुटबन्दी संस्थागत हुँदै गएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्।

भेटका क्रममा खड्काले पार्टी कठिन अवस्थामा पुगेकाले सबै तहका नेता–कार्यकर्ताको सुझाव लिन विभिन्न प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट प्राप्त सुझावका आधारमा समूहले आगामी निर्णय लिने बताएका थिए।

सम्बन्धित खबर

मुटु रोग के हो, कसलाई, किन र कसरी लाग्न सक्छ ?

मुटु रोग के हो, कसलाई, किन र कसरी लाग्न…

आजभोलि तन्दुरुस्त देखिने व्यक्तिको समेत अचानक हृदयाघातका कारण मृत्यु हुने घटनाहरू बढ्दै गएका छन्। चिकित्सकहरूका अनुसार मुटु रोग विश्वभर मृत्युको प्रमुख…
हुम्लामा विद्युत् सेवा अवरुद्ध, सिमकोटसहित दुई गाउँपालिका अन्धकारमा

हुम्लामा विद्युत् सेवा अवरुद्ध, सिमकोटसहित दुई गाउँपालिका अन्धकारमा

हुम्ला — हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द…
पित्त थैलीमा पत्थरी छ ? घरेलु उपायले यसरी पाउन सकिन्छ राहत

पित्त थैलीमा पत्थरी छ ? घरेलु उपायले यसरी पाउन…

काठमाडौं — पित्त थैलीमा पत्थरी हुने समस्या पछिल्लो समय धेरैमा देखिन थालेको छ। चिकित्सकहरूका अनुसार पित्त थैलीमा पत्थरी हुँदा अमिलो डकार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *