• जेष्ठ ४, २०८३
  • No Comment
  • 25

फेसबुकमा लामो स्टाटस लेखेका दार्चुलाको सम्पाल माविका प्रधानाध्यापक धामी विद्यालयमै मृत फेला

धनगढी — दार्चुलाको ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामी विद्यालयकै निवासमा मृत फेला परेका छन्। सोमबार बिहान धामी मृत अवस्थामा भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

मृत्युअघि धामीले सामाजिक सञ्जाल फेसबुकमा लामो भावुक स्टाटस लेख्दै आफू चरित्रहत्या, मानसिक तनाव र सामाजिक अपमानको सिकार भएको उल्लेख गरेका थिए। उनले विद्यालयलाई नमुना बनाउने अभियानमा लाग्दा विभिन्न व्यक्ति तथा समूहको षड्यन्त्रमा परेको दाबी गरेका छन्।

स्टाटसमा धामीले विद्यालयमा आफ्नो नेतृत्वमा १८ कोठे भवन निर्माण, पुस्तकालय, आईसीटी प्रयोगशाला, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला तथा हरित विद्यालय निर्माणलगायतका काम सम्पन्न भएको बताएका छन्। साथै केही शिक्षक, स्थानीय राजनीतिक व्यक्तित्व र निर्माण व्यवसायीले आफूलाई झुटो आरोपमा फसाउन खोजेको आरोप पनि लगाएका छन्।

उनले आफ्ना परिवारलाई भावुक सन्देश दिँदै दुई छोरा र श्रीमतीको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन्। साथै आफूविरुद्ध लगाइएको आरोप झुटो सावित गर्न मृत्युपछि डीएनए परीक्षण गर्नसमेत आग्रह गरेका छन्।

घटनाबारे अनुसन्धान भइरहेको दार्चुला प्रहरी प्रमुख डीएसपी गौरव महतले जानकारी दिएका छन्। उनका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरी मृत्युको कारण तथा धामीले लगाएका आरोपबारे अनुसन्धान सुरु गरिएको छ।

सम्बन्धित खबर

श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ नियम: घुस, उपहार र सरकारी गाडीको निजी प्रयोगमा प्रतिबन्ध

श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ नियम: घुस, उपहार र सरकारी…

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहतका सम्पूर्ण निकायमा कार्यरत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि…
कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?

कफी धेरै मानिसको दैनिक जीवनको हिस्सा बनेको छ। कसैलाई बिहान उठ्ने बित्तिकै तातो कफी चाहिन्छ भने कोही दिनभरि पटक–पटक कफी पिउने…
मुटु रोग के हो, कसलाई, किन र कसरी लाग्न सक्छ ?

मुटु रोग के हो, कसलाई, किन र कसरी लाग्न…

आजभोलि तन्दुरुस्त देखिने व्यक्तिको समेत अचानक हृदयाघातका कारण मृत्यु हुने घटनाहरू बढ्दै गएका छन्। चिकित्सकहरूका अनुसार मुटु रोग विश्वभर मृत्युको प्रमुख…

Leave a Reply

Your email address will not be published. Required fields are marked *