• जेष्ठ ४, २०८३
  • No Comment
  • 8

मुटु रोग के हो, कसलाई, किन र कसरी लाग्न सक्छ ?

आजभोलि तन्दुरुस्त देखिने व्यक्तिको समेत अचानक हृदयाघातका कारण मृत्यु हुने घटनाहरू बढ्दै गएका छन्। चिकित्सकहरूका अनुसार मुटु रोग विश्वभर मृत्युको प्रमुख कारणमध्ये एक बनेको छ। मुटुको कार्यप्रणालीमा अवरोध आउँदा हृदयाघात हुने गर्दछ, जसले ज्यानै जोखिममा पार्न सक्छ।

विशेषज्ञहरू भन्छन्, अस्वस्थ जीवनशैली, अत्यधिक तनाव, धुमपान, मद्यपान तथा पर्याप्त निद्रा नहुनु मुटुरोगका मुख्य कारण हुन्। तनाव कम गर्ने बहानामा गरिने खराब बानीहरूले मुटुमा झन् गम्भीर असर पुर्‍याउने गरेको चिकित्सकहरूको भनाइ छ।

मुटुरोगका प्रारम्भिक लक्षणमा छाती दुख्ने, सास फेर्न गाह्रो हुने, अत्यधिक थकान महसुस हुने, चक्कर लाग्ने, हात–काँध दुख्ने, खुट्टा सुन्निने तथा वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्छन्। यस्ता लक्षणलाई बेवास्ता नगरी समयमै परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।

त्यस्तै, लामो समयसम्म रुघाखोकी लागिरहनु, सेतो वा गुलाबी थुक आउनु तथा बिना मेहनत धेरै पसिना आउनु पनि मुटु रोगका संकेत हुन सक्ने बताइएको छ।

मुटुरोगबाट बच्न तनाव नियन्त्रण गर्नु, नियमित व्यायाम गर्नु, स्वस्थ खानपान अपनाउनु तथा स्वच्छ वातावरणमा गहिरो सास फेर्ने बानी बसाल्न चिकित्सकहरूले आग्रह गरेका छन्। साथै, नियमित स्वास्थ्य परीक्षण र चिकित्सकको सल्लाहअनुसार जीवनशैली सुधार गर्न सके मुटुरोगको जोखिम कम गर्न सकिने बताइएको छ।

सम्बन्धित खबर

कांग्रेस विभाजन रोक्न खड्कालाई कर्णालीका जिल्ला सभापतिहरुको सुझाव

कांग्रेस विभाजन रोक्न खड्कालाई कर्णालीका जिल्ला सभापतिहरुको सुझाव

सुर्खेत — नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विभाजनतर्फ नजान र एकता जोगाउन कर्णाली प्रदेशका जिल्ला सभापतिहरुले…
हुम्लामा विद्युत् सेवा अवरुद्ध, सिमकोटसहित दुई गाउँपालिका अन्धकारमा

हुम्लामा विद्युत् सेवा अवरुद्ध, सिमकोटसहित दुई गाउँपालिका अन्धकारमा

हुम्ला — हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द…
पित्त थैलीमा पत्थरी छ ? घरेलु उपायले यसरी पाउन सकिन्छ राहत

पित्त थैलीमा पत्थरी छ ? घरेलु उपायले यसरी पाउन…

काठमाडौं — पित्त थैलीमा पत्थरी हुने समस्या पछिल्लो समय धेरैमा देखिन थालेको छ। चिकित्सकहरूका अनुसार पित्त थैलीमा पत्थरी हुँदा अमिलो डकार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *