• जेष्ठ ३, २०८३
  • No Comment
  • 0

हुम्लामा विद्युत् सेवा अवरुद्ध, सिमकोटसहित दुई गाउँपालिका अन्धकारमा

हुम्ला — हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द हुँदा सिमकोट र खार्पुनाथ क्षेत्र अन्धकारमय बनेका हुन्।

वितरण केन्द्रका प्रमुख जितेन्द्र शाहका अनुसार आयोजनाको मुख्य नियन्त्रण प्रणालीमा खराबी आएपछि विद्युत् उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित भएको हो। समस्यापछि केन्द्रबाट वितरण हुँदै आएको सम्पूर्ण विद्युत् सेवा बन्द गरिएको उनले बताए।

प्राविधिक टोली परिचालन गरी मर्मत कार्य भइरहेको भए पनि समस्या समाधान नभएसम्म विद्युत् सेवा सञ्चालन गर्न नसकिने अवस्था रहेको प्रमुख शाहले जानकारी दिए।

विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न गाउँ तथा बस्तीका उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन्। विशेषगरी रातिको समयमा विद्युत् अभावले सञ्चार, इन्टरनेट, खानेपानी, साना उद्योग व्यवसाय तथा दैनिक जनजीवनमा असर परेको स्थानीयवासीले बताएका छन्।

वितरण केन्द्रले उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न तथा विद्युत् उपकरण सुरक्षित रूपमा प्रयोग गर्न आग्रह गरेको छ। विद्युत् सेवा बन्द भएपछि सिमकोट र खार्पुनाथका करिब दुई हजार पाँच सय उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्।

सम्बन्धित खबर

पित्त थैलीमा पत्थरी छ ? घरेलु उपायले यसरी पाउन सकिन्छ राहत

पित्त थैलीमा पत्थरी छ ? घरेलु उपायले यसरी पाउन…

काठमाडौं — पित्त थैलीमा पत्थरी हुने समस्या पछिल्लो समय धेरैमा देखिन थालेको छ। चिकित्सकहरूका अनुसार पित्त थैलीमा पत्थरी हुँदा अमिलो डकार…
‘करेन्ट’, ‘लाली चाउचाउ’ र ‘क्रायकर’ बिस्कुट स्वास्थ्यका लागि हानिकारक

‘करेन्ट’, ‘लाली चाउचाउ’ र ‘क्रायकर’ बिस्कुट स्वास्थ्यका लागि हानिकारक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक देखिएका केही खाद्य उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन…
कांग्रेसका पूर्व वडा सभापति शर्मा रास्वपा सुर्खेतको उपसभापति नियुक्त

कांग्रेसका पूर्व वडा सभापति शर्मा रास्वपा सुर्खेतको उपसभापति नियुक्त

सुर्खेत । नेपाली  कांग्रेसका पूर्व वडा सभापति गोविन्दप्रसाद शर्माले पार्टीबाट राजीनामा दिएको ११ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) सुर्खेतको जिल्ला उपसभापति तथा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *