• जेष्ठ ३, २०८३
  • No Comment
  • 13

पित्त थैलीमा पत्थरी छ ? घरेलु उपायले यसरी पाउन सकिन्छ राहत

काठमाडौं — पित्त थैलीमा पत्थरी हुने समस्या पछिल्लो समय धेरैमा देखिन थालेको छ। चिकित्सकहरूका अनुसार पित्त थैलीमा पत्थरी हुँदा अमिलो डकार आउने, पेट फुल्ने, ग्यास हुने, एसिडिटी बढ्ने, वान्ता हुने तथा पेट भारी हुने जस्ता लक्षण देखिन सक्छन्। कतिपय अवस्थामा यसले असह्य पेट दुखाइसमेत गराउन सक्छ।

काठमाडौँ सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको प्रतिवेदनअनुसार पित्त थैलीको पत्थरीलाई बेवास्ता गर्दा क्यान्सरको जोखिमसमेत बढ्न सक्ने बताइएको छ। यद्यपि, प्रारम्भिक अवस्थामा केही घरेलु उपायले राहत मिल्न सक्ने चिकित्सकहरूको भनाइ छ।

मेवा

मेवालाई पत्थरीको समस्यामा उपयोगी मानिन्छ। यसमा पाइने ‘प्यापेन’ इन्जाइमले पाचन प्रक्रियामा सहयोग पुर्‍याउने र पत्थरी पगाल्न मद्दत गर्ने विश्वास गरिन्छ।

पुदिना

पुदिनामा पाइने ‘टेर्पेन’ नामक तत्वले पित्त थैलीको पत्थरी पगाल्न सहयोग गर्न सक्ने विज्ञहरू बताउँछन्। पुदिनाको चिया सेवन गर्दा पनि राहत मिल्न सक्छ।

कागती पानी

बिहान खाली पेटमा कागती पानी पिउँदा शरीरमा भिटामिन ‘सी’ को मात्रा बढ्छ। यसले कोलेस्ट्रोल नियन्त्रणमा सहयोग पुर्‍याई पत्थरी फुटाउन मद्दत गर्न सक्ने बताइन्छ।

बेसार चिया

बेसारमा एन्टी-अक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुण पाइन्छ। बेसारको चिया सेवन गर्दा ग्यास तथा पेट फुल्ने समस्या कम हुनुका साथै पत्थरी हटाउन सहयोग पुग्न सक्छ।

एप्पल साइडर भिनेगर

एक गिलास पानीमा एक चम्चा एप्पल साइडर भिनेगर मिसाएर सेवन गर्दा ग्यास कम हुने तथा पत्थरी पगाल्न मद्दत पुग्न सक्ने विश्वास गरिन्छ।

नाशपाती

नाशपातीमा पाइने ‘पेक्टिन’ तत्वले कोलेस्ट्रोलजन्य पत्थरी पगाल्न सहयोग गर्ने बताइन्छ। यसले पत्थरीलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्न सक्छ।

चिकित्सकहरूले भने कुनै पनि घरेलु उपाय अपनाउनुअघि विशेषज्ञसँग परामर्श लिन सुझाव दिएका छन्।

सम्बन्धित खबर

हुम्लामा विद्युत् सेवा अवरुद्ध, सिमकोटसहित दुई गाउँपालिका अन्धकारमा

हुम्लामा विद्युत् सेवा अवरुद्ध, सिमकोटसहित दुई गाउँपालिका अन्धकारमा

हुम्ला — हुम्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। हेल्दुङ वितरण केन्द्रमा प्राविधिक समस्या देखिएपछि विद्युत् आपूर्ति बन्द…
‘करेन्ट’, ‘लाली चाउचाउ’ र ‘क्रायकर’ बिस्कुट स्वास्थ्यका लागि हानिकारक

‘करेन्ट’, ‘लाली चाउचाउ’ र ‘क्रायकर’ बिस्कुट स्वास्थ्यका लागि हानिकारक

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक देखिएका केही खाद्य उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन…
कांग्रेसका पूर्व वडा सभापति शर्मा रास्वपा सुर्खेतको उपसभापति नियुक्त

कांग्रेसका पूर्व वडा सभापति शर्मा रास्वपा सुर्खेतको उपसभापति नियुक्त

सुर्खेत । नेपाली  कांग्रेसका पूर्व वडा सभापति गोविन्दप्रसाद शर्माले पार्टीबाट राजीनामा दिएको ११ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) सुर्खेतको जिल्ला उपसभापति तथा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *