• जेष्ठ १, २०८३
  • No Comment
  • 0

कांग्रेसका पूर्व वडा सभापति शर्मा रास्वपा सुर्खेतको उपसभापति नियुक्त

सुर्खेत । नेपाली  कांग्रेसका पूर्व वडा सभापति गोविन्दप्रसाद शर्माले पार्टीबाट राजीनामा दिएको ११ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) सुर्खेतको जिल्ला उपसभापति तथा कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का वडा सभापति रहेका शर्माले गत वैशाख २१ गते कांग्रेसबाट राजीनामा दिएका थिए। दुई कार्यकाल वडा सभापतिको जिम्मेवारी सम्हालेका उनले ३६ वर्ष लामो कांग्रेस राजनीतिक यात्रालाई अन्त्य गर्दै रास्वपा रोजेका हुन्।

रास्वपा सुर्खेतका सभापति रमेशकुमार सापकोटाले बिहीबार शर्मालाई जिल्ला उपसभापतिसँगै कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको जानकारी दिए।

पछिल्लो समय सुर्खेतमा कांग्रेस निकट बौद्धिक तथा व्यवसायी नेताहरू रास्वपामा प्रवेश गर्ने क्रम बढिरहेको छ। विशेष गरी  वीरेन्द्रनगर क्षेत्रमा चिनिएका नेताहरू रास्वपातर्फ आकर्षित भइरहेको बताइएको छ।

नयाँ जिम्मेवारी सम्हाल्दै शर्माले २०४७ सालदेखि कांग्रेसमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै अब नयाँ राजनीतिक यात्रा सुरु गरेको प्रतिक्रिया दिएका छन्।

उनले भने, “२०४७ सालदेखि नेपाली कांग्रेसमा अनवरत रूपमा काम गर्दै आएकोमा आजबाट करिब ३६ वर्षको लामो यात्रालाई औपचारिक रूपमा बिट मार्दै रास्वपा सुर्खेतको उपसभापतिको जिम्मेवारी लिएको छु।”

सम्बन्धित खबर

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले तत्काल कदम चालोस : मुख्यमन्त्री कँडेल

मूल्यवृद्धिले विकास निर्माणमा परेको असर कम गर्न संघ सरकारले…

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मध्यपूर्वको तनावका कारण इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले विकास निर्माण प्रभावित भएको भन्दै…
कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

कर्णालीका १६ लाख बढी नागरिक प्राकृतिक विपद् बीमामा समेटिए

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। प्रदेश सरकारको…
बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

बीमा क्षेत्र विपत्तिको सारथी बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपत्तिको सारथी तथा दुःखमा साथ दिने भरपर्दो माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *