- बैशाख ३१, २०८३
- No Comment
- 56
सुर्खेतकाे फूलबारी टोलमा जुवा खेलिरहेको अवस्थामा घरबेटीसहित ८ जना पक्राउ

सुर्खेत, ३० वैशाख : सुर्खेतको वीरेन्द्रनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले घरबेटीसहित ८ जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७ फूलबारी टोलस्थित जनक रोकायको घरमा हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति करिब ९ः१५ बजे उक्त घरमा छापा मारेको प्रहरीले जनाएको छ। छापामार क्रममा जुवाको खालबाट नगद ९५ हजार १ सय ६६ रुपैयाँ, ६ गड्डी तास तथा ९ थान मोबाइल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जुम्लाको सिजा गाउँपालिका स्थायी घर भई हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आएका ४२ वर्षिय मनबहादुर बुढा , ४४ वर्षिय लक्ष्मण रोकाय , ३० वर्षिय लालबहादुर बुढा , ३४ वर्षिय लङ्कबहादुर बुढा , ४५ वर्षिय गम्भीर रावत , ३० वर्षिय विष्णु बुढा र ३१ वर्षिय हरिबहादुर रोकाय रहेका छन्। यस्तै घरबेटी ३८ वर्षिय जनक रोकायलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका सबैमाथि जुवा सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ।



