• बैशाख २३, २०८३
  • No Comment
  • 42

प्रधानमन्त्री बालेनमाथि गगन थापाको आरोप: ‘आफ्ना मान्छे नियुक्त गर्न जालझेल गर्दै अध्यादेश ल्याइयो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेनले आफ्ना मान्छे नियुक्तिका लागि जालझेलपूर्ण तरिकाले अध्यादेश ल्याएको आरोप लगाएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।

सभापति थापाले वर्तमान प्रधानमन्त्री बालेनको कदमलाई पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीसँग तुलना गरे।

“यो भन्दा अगाडिका प्रधानमन्त्रीले आफ्ना मान्छे नियुक्त गर्नका लागि पूरै जालझेल गर्नुभयो,” पूर्वप्रधानमन्त्री ओलीको नाम उल्लेख नगरी उनले भने, “अहिलेका प्रधानमन्त्रीले पनि त्यही कुरा गर्नुभयो। जालझेल गर्दै हुनुहुन्छ।”

उनले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति रहेको स्पष्ट पारे।

अध्यादेशको विरोध गर्दै यस विषयमा पार्टीका सांसदहरूले संसदमा सशक्त रूपमा आवाज उठाउने जानकारी समेत सभापति थापाले दिए।

सरकारले संविधानको परिधि र मर्म नाघ्न खोजेको भन्दै थापाले त्यस्तो गैरसंवैधानिक कदमलाई कांग्रेसले कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन्।

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *