• चैत्र ३०, २०८२
  • No Comment
  • 40

मन्त्रीहरूको सम्पत्ति विवरणमा गोकुल बास्कोटाको कटाक्ष: ‘देश लङ्का बनिसकेछ, मन्त्रीका खेतमा पहेँलपुर तोरी फुलेछ’

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि कडा व्यङ्ग्य प्रहार गरेका छन्। मन्त्रीहरूले बुझाएको सम्पत्ति, विशेष गरी ठूलो परिमाणमा देखिएको सुनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका हुन्।

बास्कोटाले प्राकृतिक रूपमा डाँडाभरि लालीगुराँस फुल्ने वसन्त ऋतु भए पनि मन्त्रीहरूका खेतबारीमा भने अर्कै प्रकारको ‘पहेँलपुर तोरी’ (सुन) फुलेको भन्दै व्यङ्ग्य गरेका छन्। मन्त्रीहरूको यो आर्थिक सम्पन्नताले देश अहिले नै स्वर्ण नगरी ‘लङ्का’ बनिसकेको बास्कोटाको टिप्पणी छ।

उनले मन्त्रीहरूको विवरणले मुलुकमा वास्तविक समृद्धि आइसकेको र सुशासनको आरम्भ पनि त्यहीँबाट सुरु भएको भन्दै व्यङ्ग्य मिश्रित टिप्पणी गरेका छन्। नेता बास्कोटाका अनुसार मन्त्रीहरूको सम्पत्ति हेर्दा अब मुलुकमा कुनै अभाव नरहेको जस्तो देखिन थालेको छ।

नेपाली उखान ‘जहाँ कङ्गाल, त्यहाँ चण्डाल’ लाई उधृत गर्दै उनले अब देश कङ्गाल अवस्थाबाट मुक्त भएको सङ्केत गरेका छन्। तर, यो आर्थिक मुक्ति र सुखी जीवन आम सर्वसाधारणका लागि नभई सत्ता र शक्तिको वरिपरि घुम्नेहरूका लागि मात्र आएको उनको आशय छ।

आफ्नो स्टाटसको अन्त्यमा बास्कोटाले काठमाडौँका मेयर बालेन शाहले सुदूरपश्चिम भ्रमणका बेला प्रयोग गरेको चर्चित वाक्यांश ‘झिक्कै झिक्कै मया तम्लाई’ उल्लेख गर्दै मन्त्रीहरूको सम्पत्ति मोहमाथि कटाक्ष गरेका छन्। मन्त्रीहरूको अस्वाभाविक विवरणले सुशासनको खिल्ली उडाएको उनको तर्क छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *