• चैत्र २९, २०८२
  • No Comment
  • 42

राप्रपामा चर्कियो विवाद: लिङ्देन नेतृत्वको समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउन राणा पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह सतहमा आएको छ। महामन्त्री धवलशमशेर राणा पक्षधर नेताहरूको आइतबार कान्तिपथमा बसेको बैठकले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको कार्यसमिति भंग गर्न माग गरेको हो। पार्टीलाई अनिर्णयको बन्दी बनाउनुभन्दा वर्तमान समिति विघटन गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा ‘महाधिवेशन आयोजक समिति’ गठन गर्नुपर्ने निर्णय उक्त पक्षले गरेको छ। असन्तुष्ट पक्षले आगामी एक हप्ताभित्रै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न नेतृत्वलाई अल्टिमेटम समेत दिएको छ।

बैठकले निर्वाचनबाट प्राप्त नतिजाको गम्भीर समीक्षा गर्दै पार्टी अहिले ‘सच्चिने कि सकिने’ चुनौतीपूर्ण अवस्थामा रहेको निष्कर्ष निकालेको छ। निर्वाचनअघि अध्यक्ष लिङ्देनले पार्टीलाई देशको पहिलो शक्ति बनाउने र अकल्पनीय नतिजा ल्याउने दाबी गरे पनि परिणाम ठ्याक्कै उल्टो र नकारात्मक आएको भन्दै राणा पक्षले नेतृत्वको कडा आलोचना गरेको छ। निर्वाचनमा व्यहोरेको शर्मनाक पराजयको कुनै नैतिक जिम्मेवारी नलिएको र समीक्षा समेत नगरिएकोमा उनीहरूले नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्।

पार्टीको नियमित चार वर्षे कार्यकाल सकिएर अहिले थप गरिएको अतिरिक्त समय चलिरहेको भन्दै असन्तुष्ट पक्षले ताजा जनादेशका लागि महाधिवेशन नै एकमात्र विकल्प भएको बताएको छ। विधान अनुसार २०८३ जेठभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय भए पनि नेतृत्वले तदारुकता नदेखाउँदा देशभरका कार्यकर्तामा अन्योल छाएको उनीहरूको ठहर छ। नेतृत्वको कार्यशैलीकै कारण पार्टीका पुराना नेता र ऊर्जावान कार्यकर्ताहरूले जिम्मेवारी त्याग्ने क्रम बढेको भन्दै बेलैमा महाधिवेशन नगरे पार्टीको भविष्य थप संकटमा पर्ने चेतावनी समेत बैठकले दिएको छ।


सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *