• चैत्र ९, २०८२
  • No Comment
  • 26

भगवतीमाई गाउँपालिका–१ पग्नाथामा एम्बुलेन्स अभाव: बिरामी बोक्न गाडी पनि नपाइने, राष्ट्रियन्युजका सञ्चालक सिम्रन बिशोकरमा स्वयं पीडित

दैलेख — भगवतीमाई गाउँपालिका–१ पग्नाथामा एम्बुलेन्सको अभाव र आपतकालीन सवारी व्यवस्थापन कमजोर हुँदा स्थानीय नागरिकहरू गम्भीर समस्यामा परिरहेका छन्। अझ विडम्बना त के छ भने, यो समस्याको प्रत्यक्ष मार राष्ट्रियन्युज (Rastriya News) का सञ्चालक सिम्रन बिशोकरमा स्वयंले भोग्नुपरेको छ।

सिम्रन बिशोकरमाका अनुसार उनकी दिदी एक वर्षदेखि भारतको सिम्लामा उपचाररत छिन्। स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा उनले पटक–पटक भगवतीमाई गाउँपालिका सँग गाडी वा एम्बुलेन्सको व्यवस्था गरिदिन अनुरोध गरेका थिए।
“यदि टाढासम्म लैजान नसक्ने भए कम्तीमा भगवतीमाई–१ पग्नाथाबाट नेपालगञ्ज वा सुर्खेतसम्म पुर्याइदिनुस्, भारतसम्मको व्यवस्था हामी आफैं गर्छौं,” भन्ने आग्रह गर्दा पनि सहयोग नपाइएको उनले बताए।

स्थानीय स्रोतका अनुसार उक्त पालिकामा एम्बुलेन्स नै उपलब्ध छैन। आपतकालीन अवस्थामा बिरामी बोक्न प्रयोग गरिने पालिकाको गाडी पनि सहज रूपमा उपलब्ध नहुने गुनासो छ। “कहिले गाडी छैन भनिन्छ, कहिले चालकको फोन उठ्दैन,” उनले भने।

तर, जनप्रतिनिधिका आफन्त वा व्यक्तिगत कामका लागि भने सोही गाडी प्रयोग हुने गरेको आरोप समेत लागेको छ। “आफ्ना मान्छे भेट्न वा अन्य काममा गाडी प्रयोग भएको देखिन्छ, तर बिरामीका लागि माग्दा पाइँदैन,” स्थानीयको भनाइ छ।

गाडी र एम्बुलेन्स नपाउँदा सिम्रन बिशोकरमाले ठूलो संघर्षपछि मात्रै बिरामी दिदीलाई भारत पुर्‍याउन सकेका थिए। “त्यो यात्रा निकै पीडादायी थियो, जुन अनुभव शब्दमा बयान गर्न सकिँदैन,” उनले भावुक हुँदै बताए।

यस घटनाले ग्रामीण भेगमा आपतकालीन स्वास्थ्य सेवा र सवारी व्यवस्थापनको अवस्था अत्यन्त कमजोर रहेको देखाएको छ। स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै, एम्बुलेन्सको व्यवस्था र सवारी साधनको दुरुपयोग रोक्न माग गरेका छन्।

नागरिकहरूले अब यस्ता समस्या दोहोरिन नदिन राज्य र स्थानीय तह गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *