• फाल्गुन ५, २०८२
  • No Comment
  • 45

वीरेन्द्रनगरमा एमालेको घरदैलो कार्यक्रम उत्साहजनक

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वीरेन्द्रनगरमा घरदैलो अभियानलाई तीव्र बनाएको छ। मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ र ६ मा पार्टीले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरेको हो।

प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै अभियानलाई तीव्रता दिइएको जनाइएको छ। कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री तथा एमालेका सचिव यामलाल कंडेल, केन्द्रीय सदस्य मोहनमाया ढकाल, पद्मा खड्कालगायत सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कुलमणि देवकोटा सहभागी थिए।

घरदैलोका क्रममा उम्मेदवार देवकोटालाई स्थानीयले फूलमालासहित स्वागत गरेका थिए। उनले देशको विकास र समृद्धिका लागि एमालेलाई मतदान गर्न आग्रह गर्दै जनताप्रति गरेका प्रतिबद्धता पूरा गर्ने बताए।

एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले वडा नं. ३ र ६ का विभिन्न टोलमा उत्साहजनक सहभागिता देखिएको र पार्टीको जित सुनिश्चित रहेको दाबी गरे।

सम्बन्धित खबर

१५ वर्षसम्म खानी ओगटेको भन्दै चौकुने गाउँपालिकाद्वारा मुक्तिश्रीसँगको सम्झौता रद्द गर्न पत्राचार

१५ वर्षसम्म खानी ओगटेको भन्दै चौकुने गाउँपालिकाद्वारा मुक्तिश्रीसँगको सम्झौता…

सुर्खेतको चौकुने गाउँपालिकाले डेढ दशकदेखि अनुमति पत्र लिएर पनि उद्योग सञ्चालन नगर्ने मुक्तिश्री प्रा.लि. सँगको सम्झौता रद्द गर्न माग गरेको छ।…
‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं — वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई निर्देशन दिएको छ। विभागले चैत…
‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन विभागको निर्देशन  काठमाडौं — वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई निर्देशन दिएको छ। विभागले चैत ३० गतेभित्र यस्ता सूचना हटाइसक्न स्पष्ट रूपमा भनेको छ।  विभागका अनुसार, विभाग आसपास सञ्चालनमा रहेका केही साइबर तथा इन्स्टिच्युटहरूले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता सन्देशमार्फत सेवाग्राहीलाई भ्रममा पारिरहेका छन्। यस्ता सूचना र प्रचारप्रसारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गलत जानकारी पुग्ने जोखिम रहेको विभागको भनाइ छ।  विभागले श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ। यसबाहेक अन्य निकाय वा संस्थाबाट यस्तो सेवा प्रदान गरिन्छ भन्ने दाबी भ्रामक हुने विभागले जनाएको छ।  यस सम्बन्धमा विभागले सूचना जारी गर्दै भ्रम सिर्जना गर्ने खालका लेखन, विज्ञापन तथा प्रचारप्रसार तुरुन्त बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।  निर्देशनको उल्लङ्घन गरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन विभागको निर्देशन काठमाडौं —…

काठमाडौं — वैदेशिक रोजगार विभागले ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई निर्देशन दिएको छ। विभागले चैत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *