• फाल्गुन २, २०८२
  • No Comment
  • 100

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला — सदरमुकाम खलङ्गामा रहेको जिल्ला कारागार कार्यालयको सुरक्षा व्यवस्थापन अब नेपाली सेना ले सम्हालेको छ। बिहीबारदेखि कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो।

सदरमुकाम खलङ्गामै रहेको श्रीदल गुल्म बाट सहसेनानी अन्वेश गुरुङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ। यसअघि उक्त कारागारको सुरक्षा नेपाल प्रहरी ले गर्दै आएको थियो। हाल प्रहरी टोली पनि कारागार सुरक्षामा खटिएकै छ।

सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्लामा सेना तैनाथ गरिएको हो। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सरकारको निर्देशनबमोजिम आवश्यक समन्वय गरी सुरक्षा व्यवस्थापन सुदृढ बनाइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *