• फाल्गुन १, २०८२
  • No Comment
  • 142

पञ्चपुरी नगरपालिकामा श्रमको सम्मान ,राष्टको अभियान तथा रोजगार सम्वाद मञ्च कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतको पञ्चपुरीमा ” श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने नाराका साथ रोजगार संवाद मञ्च कार्यक्रम पञ्चपुरी नगरपालिकामा सम्पन्न भएको छ। पञ्चपुरी नगरपालिकाको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रम पञ्चपुरी नगरपालिका नगरकार्यपालिकाको कार्यालयको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रम पञ्चपुरी नगरपालिका उप–प्रमुख मुक्तिदेवी रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी घिमिरेको उपस्थिति रहेको थियो। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, विभिन्न शाखाका कर्मचारीहरू, बेरोजगार युवा, विदेशबाट फर्किएका युवाहरू तथा स्थानीय व्यापारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमका वक्ताहरूले श्रमको सम्मान गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए। विदेशबाट फर्किएका युवाहरूको सीप र अनुभवलाई स्थानीय स्तरमै उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

नगरपालिकाले रोजगार प्रवर्द्धन तथा उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लक्ष्मी घिमिरेले श्रमको सम्मानबाट मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव हुने बताउनुभयो।

उहाँले युवाहरूलाई सीप, ज्ञान र अनुभवलाई स्वदेशमै प्रयोग गरी आत्मनिर्भर बन्न आग्रह गर्नुभयो। “विदेशबाट फर्किएका युवाहरूको सीप र अनुभवलाई स्थानीय तहले उचित वातावरण सिर्जना गरी सदुपयोग गर्नुपर्छ,” उहाँको भनाइ थियो। उप–प्रमुख मुक्तिदेवी रेग्मीले नगरपालिकाले रोजगारी सिर्जना, सीपमूलक तालिम तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो। स्थानीय स्तरमै उत्पादन र स्वरोजगारका अवसर विस्तार गर्ने दिशामा नगरपालिका प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागी युवाहरूले रोजगारीका अवसर विस्तार र सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न सुझाव दिएका थिए।

सम्बन्धित खबर

दुई थान घरेलु पेस्तोलसहित नेपाली युवक भारतमा पक्राउ

दुई थान घरेलु पेस्तोलसहित नेपाली युवक भारतमा पक्राउ

काठमाडौँ — नेपाल–भारत सीमावर्ती क्षेत्रमा दुई थान घरेलु पेस्तोलसहित एक नेपाली युवक भारतमा पक्राउ परेका छन्। सशस्त्र सीमा बल (एसएसबी) ४१औँ…
श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ नियम: घुस, उपहार र सरकारी गाडीको निजी प्रयोगमा प्रतिबन्ध

श्रम मन्त्रालयका कर्मचारीलाई नयाँ नियम: घुस, उपहार र सरकारी…

काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहतका सम्पूर्ण निकायमा कार्यरत कर्मचारीहरूका लागि नयाँ आचारसंहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि…
कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?

कस्ता व्यक्तिले कफी पिउनु हुँदैन ?

कफी धेरै मानिसको दैनिक जीवनको हिस्सा बनेको छ। कसैलाई बिहान उठ्ने बित्तिकै तातो कफी चाहिन्छ भने कोही दिनभरि पटक–पटक कफी पिउने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *