- माघ २५, २०८२
- No Comment
- 67
दुर्गा प्रसाईंलाई हाजिर जमानतमा छाड्न अदालतको आदेश

काठमाडौँ — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई अदालतले हाजिर जमानतमा छाड्न आदेश दिएको छ।
प्रहरीले विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा प्रसाईंलाई शुक्रबार पक्राउ गरी म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। तर अदालतले उनलाई हाजिर जमानतमा छाड्न आदेश दिएको साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दिपक अवस्थीले जानकारी दिए।
प्रहरीका अनुसार विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लङ्घन गरिएको भन्दै निर्वाचन आयोगले कारबाहीका लागि पत्र पठाएपछि प्रसाईंलाई पक्राउ गरिएको थियो।
प्रसाईं पर्साको वीरगन्जमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ परेका थिए। निजी सवारी साधनमार्फत पर्सातर्फ गइरहेका उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट नियन्त्रणमा लिएर साइबर ब्युरो ल्याइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।



