• माघ २२, २०८२
  • No Comment
  • 85

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न विभागको निर्देशन

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न दैनिक उपभोग्य वस्तुका उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ।

बुधबार जारी प्रेस विज्ञप्तिमा विभागले खानेतेल, ग्यास, चामललगायत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि र आपूर्तिमा कमी आएको भन्दै त्यसलाई नियन्त्रण गर्न अनुचित नाफा नलिई वस्तु तथा सेवा उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ। अस्वाभाविक मूल्यवृद्धि समायोजन गरी उपभोक्तालाई राहत दिनसमेत आग्रह गरिएको छ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ अनुसार उपभोक्ताको गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास भइरहेको छ। यसै क्रममा अन्य सम्बन्धित निकायको सहयोगमा अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता र सेवाप्रदायक फर्महरूमा संयुक्त अनुगमन कार्य जारी रहेको विभागले स्पष्ट पारेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *