• माघ १९, २०८२
  • No Comment
  • 89

चौकुने गाउँपालिकामा “हाम्रो चौकुने” स्थानीय पाठ्यक्रमको पहिलो मस्यौदामा छलफल सम्पन्न

चौकुने । चौकुने गाउँपालिकाको स्थानीय पाठ्यक्रम “हाम्रो चौकुने” को आधारमा कक्षा १ देखि ४ सम्मका लागि तयार गरिएको स्थानीय पाठ्यपुस्तक लेखनको पहिलो मस्यौदामाथि छलफल तथा सरोकारवालाहरुको सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम चौकुने गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखा गुटु, सुर्खेत को आयोजनामा चौकुने गाउँपालिकामै सम्पन्न गरिएको हो।  आइतवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विशेष अतिथिहरुमा उपाध्यक्ष नर बहादुर बान्तोला तथा प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर बिक रहनुभएको थियो। कार्यक्रममा शिक्षक, सरोकारवाला तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

श्रोत शिक्षक यामलाल घिमिरे लगायत सहभागीहरुले पाठ्यक्रमलाई अझ व्यवहारिक, स्थानीय संस्कृति, इतिहास र पहिचान समेट्ने गरी सुधार गर्न सुझाव प्रस्तुत गर्नु भएको थियो । गाउँपालिकाले स्थानीय पाठ्यक्रममार्फत चौकुनेको मौलिक पहिचान, भाषा, संस्कार र भौगोलिक विशेषतालाई विद्यार्थीहरुसँग जोड्ने उद्देश्य राखिएको शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले बताउनु भएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *