- माघ १७, २०८२
- No Comment
- 214
सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ

सुर्खेत — सुर्खेतमा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार साँझ करिब ८:०० बजे जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ चौखेढुङ्गा स्थित खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा ३२ वर्षीय दिनेश खड्कालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । खड्का आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेका थिए।
चेकजाँचका क्रममा खड्काको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने नापतौल गरिएको खैरो धुलो पदार्थ १ ग्राम ४२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित खड्कालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ।
घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।



