- माघ १२, २०८२
- No Comment
- 66
सुर्खेतमा ९ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरेन्द्रनगर, सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतको संयुक्त टोलीले विशेष सूचनाका आधारमा आइबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो। सुर्खेत प्रहरीले वीरेन्द्रनगर–१२ स्थित छिन्चु–लाटीकोइली भित्री सडक खण्डबाट शंकास्पद अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ निवासी २९ वर्षीय जयबहादुर राना र भेरीगंगा नगरपालिका–२ निवासी ३८ वर्षीय प्रकाश थापा रहेका छन्। उनीहरूको शरीर खानतलासी गर्दा ९ ग्राम २७० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ।
बरामद गरिएको लागू औषधसहित दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।



