• माघ १२, २०८२
  • No Comment
  • 91

महिला टी–२० विश्वकप छनोट: स्कटल्यान्डसँग आज निर्णायक खेल

काठमाडौं — महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा आज नेपालले आफ्नो चौथो तथा निर्णायक खेल खेल्दैछ। आज नेपाल र स्कटल्यान्डबीच हुने खेल नेपालका लागि सुपर सिक्समा पुग्ने दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको छ।

नेपाल र स्कटल्यान्डबीच यो पहिलो पटक प्रतियोगितात्मक खेल हुन लागेको हो। यसअघि अभ्यास खेल खेले पनि आधिकारिक प्रतियोगितामा दुवै टोली आमनेसामने भएका छैनन्। दुवै टोलीका लागि आजको खेल सुपर सिक्समा पुग्न निर्णायक मानिएको छ।

हालसम्म नेपालले तीन खेल खेल्दा जिम्बावेमाथि जित हात पार्दै २ अंक जोडेको छ। नेपालले पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले हार व्यहोरेको थियो। नेदरल्यान्ड्सविरुद्ध १४१ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम समयमा चुकेको नेपालले जित नजिक पुगेर पनि अवसर गुमाएको थियो।

तर शनिबार पूर्ण राष्ट्र जिम्बावेमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना जीवित बनेको छ। उक्त खेलमा पूजा महतो र कप्तान इन्दु बर्माले मध्यक्रम सम्हाल्दै टोलीलाई जित दिलाएका थिए।

नेपाललाई सुपर सिक्समा पुग्न स्कटल्यान्डलाई ठूलो अन्तरले पराजित गर्नुपर्नेछ। स्कटल्यान्डलाई पराजित गरेमा पनि अन्य खेलहरूको नतिजा र रनरेटले नेपालको भविष्य तय गर्नेछ।

नेपाललाई पराजित गर्न सकेमा स्कटल्यान्डको सुपर सिक्स यात्रा भने सुनिश्चित हुनेछ। समूह ‘बी’ बाट आयरल्यान्ड तीनै खेल जित्दै सुपर सिक्समा पुगिसकेको छ। स्कटल्यान्ड र थाइल्यान्डले समान २–२ जित हात पार्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। जिम्बावे सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।

आजै समूहको अर्को खेलमा नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। नेपालले स्कटल्यान्डलाई र नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेको अवस्थामा नेपाल, स्कटल्यान्ड र थाइल्यान्डको समान ४ अंक हुनेछ। यस्तो अवस्थामा रनरेटका आधारमा दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

पहिलो पटक महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपालले जिम्बावेमाथि जित हात पार्दै ऐतिहासिक उपलब्धि हासिल गरिसकेको छ। स्कटल्यान्ड भने सन् २०२४ को महिला टी–२० विश्वकप खेलिसकेको अनुभवी टोली हो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *