- माघ ११, २०८२
- No Comment
- 83
सर्वोच्चले दिएन रेशमको पक्षमा आदेश, उम्मेदवारी रद्द नै रहने

काठमाडौँ — सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। निर्वाचन आयोगले उम्मेदवारी बदर गरेपछि त्यसविरुद्ध चौधरीले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेश दिन नमिल्ने ठहर गर्दै उम्मेदवारी रद्द गर्नुको कारणबारे निर्वाचन अधिकृतको कार्यालयसँग जवाफ मागेको छ। साथै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।
अन्तरिम आदेश नआएकाले हालका लागि चौधरीको उम्मेदवारी रद्द नै रहने भएको छ।



