- माघ ११, २०८२
- No Comment
- 86
राष्ट्रियसभा निर्वाचन: कर्णालीमा अब ८ मत मात्रै खस्न बाँकी

सुर्खेत — बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा दिउँसो २ बजेसम्म १९० मत खसिसकेको छ।
प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार ४० प्रदेशसभा सदस्यमध्ये २ जनाले मात्र मतदान गर्न बाँकी रहेको छ। यस्तै, स्थानीय तहका १५८ मतदातामध्ये ६ मत खस्न बाँकी छन्।
अब केही समयभित्रै मतदान प्रक्रिया सम्पन्न हुने उनले जानकारी दिए। कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल १९८ मतदाता रहेका छन् भने दुई पदका लागि निर्वाचन भइरहेको छ।



