- माघ ९, २०८२
- No Comment
- 114
हुम्लामा फडेरालाई मितेरी पार्टीका शाहीको समर्थन

सिमकोट — हुम्लामा नेकपा (एमाले) का उम्मेदवार दल फडेरालाई समर्थन गर्दै मितेरी पार्टीका उम्मेदवार जयबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
हुम्ला जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि मितेरी पार्टीबाट उम्मेदवारी दर्ता गराएका शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएको जनाइएको छ।
उम्मेदवारी फिर्ता लिँदै शाहीले एमालेका उम्मेदवार फडेरालाई सहयोग गर्ने बताएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा यसअघि आठ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए।



