- माघ ९, २०८२
- No Comment
- 161
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिएका छन्।



