• माघ ८, २०८२
  • No Comment
  • 76

जाजरकोटमा १९ क्विन्टल अवैध जडिबुटीसहित ट्रक र चालक पक्राउ

बारेकोटबाट नेपालगन्जतर्फ लैजाँदै गरेको अवस्थामा १९ क्विन्टल सिस्नोको जरा बरामद

जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिकाबाट अवैध रूपमा निकासी गर्न लागिएको जडिबुटीसहित प्रहरीले एक ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट-२, लिम्सा बजारस्थित सडक खण्डमा विशेष जाँचका क्रममा उक्त अवैध सामग्री बरामद गरिएको हो।

पक्राउ पर्नेमा सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १२ निवासी २३ वर्षीय निमराज वि.क. सुनार रहेका छन्। घाँट बजारबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ३७१३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा ४६ वटा प्लाष्टिकका बोरामा प्याक गरिएको अन्दाजी १९ क्विन्टल ‘पहेंलो जडि’ (सिस्नोको जरा) फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको उक्त जडिबुटीको वन कार्यालयबाट जारी गरिने छुटपुर्जी लगायतका कुनै पनि आधिकारिक कागजात नभएको पाइएको छ। अवैध रूपमा ओसारपसार भइरहेको उक्त जडिबुटी, ट्रक र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा बुझाइएको सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिनुभयो। थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *