• माघ ८, २०८२
  • No Comment
  • 81

शुक्रबारदेखि पश्चिम नेपालमा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं। शुक्रबार रातिदेखि पश्चिम नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। महाशाखाको मौसम पूर्वानुमान शाखाका अनुसार शुक्रबार रातिदेखि शनिबार बेलुकासम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ।

मौसम पूर्वानुमान शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार वर्षासँगै उच्च हिमाली भूभागमा मध्यम खालको हिमपातको सम्भावना रहेको बताए। उनका अनुसार यो प्रणालीबाट अत्यधिक वर्षा भने हुने छैन र प्रभाव शनिबार बेलुकासम्म सीमित रहनेछ।

“शुक्रबार रातिदेखि शनिबार बिहानसम्म पश्चिमतिरबाट पानी पर्ने प्रणाली भित्रिँदैछ। यो ठूलो झरी पार्ने किसिमको भने होइन,” मौसमविद् पौडेलले भने, “हिउँदको पहिलो प्रभावकारी वर्षाका रूपमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ।”

उनका अनुसार उच्च हिमाली क्षेत्रमा मध्यम खालको हिमपातको सम्भावना देखिएको छ भने काठमाडौं उपत्यकासम्म आइपुग्दा आंशिक बदली र हल्का वर्षा हुनसक्नेछ। पूर्वी नेपालमा भने वर्षाको सम्भावना न्यून रहेको उनले स्पष्ट पारे।

“यो प्रणाली पश्चिमबाट आएको हो र उपल्लो वायुमण्डलमार्फत फैलिन्छ,” उनले भने, “शनिबार दिउँसोदेखि बेलुकातिर मौसम क्रमशः खुल्दै जाने देखिन्छ।”

यसैबीच, महाशाखाका अनुसार माघ १३ गते मंगलबार रातिदेखि फेरि अर्को प्रणाली भित्रिने सम्भावना रहेको छ। सो प्रणालीका कारण मंगलबार रातिदेखि बुधबारसम्म हल्का वर्षा र उच्च हिमाली भूभागमा मध्यम खालको हिमपात हुनसक्ने वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए।

“सोमबार र मंगलबार केही समय मौसम सफा रहन्छ,” उनले भने, “मंगलबार रातिदेखि बुधबार फेरि अर्को प्रणाली आउँछ, तर यसले पनि ठूलो झरी गराउने अवस्था भने देखिँदैन।”

यसअघि गत साता पूर्वी नेपालका ताप्लेजुङलगायत केही जिल्लामा हल्का वर्षा भए पनि उच्च हिमाली क्षेत्रमा उल्लेख्य हिमपात भएको थिएन। हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। विज्ञहरूका अनुसार यो प्रणालीले लामो समयदेखि कायम सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिन सक्नेछ।

यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा र औसतभन्दा बढी तापक्रम मापन भइरहेका बेला हुने यो वर्षाले कृषि, वायु प्रदूषण नियन्त्रण तथा जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *